+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

नेकपाको संविधान संशोधन कार्यदल भङ्ग

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १४ गते १३:२६

१४ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनका लागि बनाएको कार्यदल भङ्ग गरेको छ ।

राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न नेकपाले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो । तर कार्यदलका सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा कार्यदलमा बस्न तयार भएनन् ।

साथै पार्टीभित्र र बाहिर पनि संविधान संशोधनको चर्को आलोचना भएपछि कार्यदललाई निष्कृय बनाउने निर्णय गरेको छ । ‘संविधान संशोधन आवश्यकताअनुसार हुँदै जाने संविधानको मर्मअनुसार अथगाडि बढ्न सकिन्छ तर अहिले नै संविधान संशोधनका लागि उक्त कार्यदललाई अगाडि बढाउनुपर्ने औचित्य आजको सचिवालय बैठकले देखेन’ बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।

नेताहरुबीच कार्यदल बनाउने समझदारी भएको तर कार्यान्वयनमा कसरी लैजाने भन्ने छलफलमै रहेका बेला निष्कृय बनाउने निर्णय भएको श्रेष्ठले बताए । उनले अघि भने, ‘अब कार्यदल छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?