+
+

कक्षा ११–१२ बाट कम्युटर विषय नहटाउन माग

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १९ गते १८:५९

१९ फागुन, काठमाडौं । कम्प्युटर फ्याकल्टी एशोसिएसन अफ नेपाल (सीफ्यान)ले कक्षा ११ र १२ मा ऐच्छिक कम्प्युटर विज्ञानलाई निरन्तरता दिनुपर्ने माग गरेको छ । एशोसिएसनले सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई भेटेर यस्तो माग राखेको हो ।

एशोसिएसनले शिक्षामन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘विद्यालय शिक्षाको पुनर्संरचना गर्ने क्रममा अनिवार्य विषयको रुपमा समेट्नुपर्ने कम्प्युटर विज्ञान विषय कक्षा ११ र १२ का विद्यार्थीले ऐच्छिक विषयको रुपमा समेत पढ्न नपाउने अवस्था सिर्जना भएकोतर्फ माननीय मन्त्रीज्यूको ध्यानकर्षण गराउँदै समस्या समाधानका निम्ति आवश्यक कदम चाल्न अनुरोध गर्दछौं ।’

सीफ्यानको प्रतिनिधि टोलीसँगको भेटमा शिक्षामन्त्री पोखरेलले समस्या समाधानका लागि आफू सकारात्मक रहेको र सीफ्यानको समेत सहभागितामा एक कार्यदल बनाई समाधान खोजिने आश्वासन दिएको सीफ्यानका महासचिव रमेश रिमालले बताए ।

प्रस्तावित नयाँ पाठ्यसंरचनाको विरोधमा सीफ्यानले कक्षा ११ र १२ को प्रयोगात्मक परीक्षामा बाह्य परीक्षकको रुपमा नखट्ने चेतावनी दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?