+
+

होलीमा जबरजस्ती रंग दल्ने ८ युवतीसहित ११४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २६ गते १६:२७

२६ फागुन, काठमाडौैं । प्रहरीले होलीमा जबरजस्ती रंग दलेर झगडा गरेको अभियोगमा ११४ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले राजधानीका विभिन्न क्षेत्रबाट ८ जना युवतीसहित अन्यलाई सोमबार पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा बलजफ्ती लोला हान्ने पनि छन् । समूहमा झगडा गर्दागर्दै पनि केही पक्राउ परेका छन् ।

पक्राउ गरेको स्थानबाट नजिकै रहेको प्रहरी वृत्तमा उनीहरुलाई राखिएको छ । साँझसम्ममा कसुरको गम्भीरता हेरेर उनीहरुलाई छाड्ने वा मुद्दा चलाउने टुंगो लाग्ने बोगटीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?