लण्डनमा बस्दै आएको गायक सपन कुमार राइको स्वरमा ‘बाटोको काँडा’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा संगीतकार ताराप्रकाश लिम्बुको शब्द तथा संगीत छ । यो भिडियोलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । भिडियोमा रामकुमार केसीको छायांकन, प्रज्वलित पराजुलीको सम्पादन छ ।
यो भिडियोमा संचारकर्मी नरेश भट्टराइको मोडलिङ छ । उनले, ८ बर्षपछि आफू मोडलिङ पेशामा फर्किएको बताए । उनको साथमा नायिका रेविका गुरुङले भिडियोमा मोडलिङ गरेकी छिन् । रेविकाले भिडियोमा काम गर्दा रमाइलो लागेको बताइन् ।
आफ्नी प्रेमिकाको वियोगमा तड्पिएको एक पात्रको कथालाई यो भिडियोमा देखाइएको छ ।