+
+

कोरोनाका कारण सेनाको एकीकरण मार्ग कार्यक्रम स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २९ गते १४:२६

२९ फागुन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाली सेनाले एकीकरण मार्ग कार्यक्रम स्थगित गरेको छ ।

सरकारले सार्वजनिक सभा, सम्मेलन र कार्यक्रम नगर्न निर्देशन दिएपछि सेनाले कार्यक्रम स्थागित गरेको हो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको अनलाइनखबरलाई बताए ।

सेनाले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गरेर यो कार्यक्रम अघि सारेको थियो ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानका क्रममा हिँडेका बाटो, त्यसवेलाका दरबार, किल्ला तथा गढीलाई एकआपसमा जोडेर राष्ट्रिय एकताको भावना जागृत गर्ने उद्देश्यले मार्ग बनाइएको सेनाले जनाएको थियो । कार्यक्रमका लागि सेनाले पाँच महिनाभन्दा अघिबाट तयारी थालेको थियो ।

यो कार्यक्रमसँगै पोखरा र तनहुँमा हुने भनिएको भूतपूर्व सैनिक सम्मेलनमा पनि रोकिएको छ । चैत १६ र १७ गतेका लागि सम्मेलनको मिति तय गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?