+
+

राप्रपामा सचिवालय प्रमुख र कोषाध्यक्षमा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३ गते १६:५७

३ चैत, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले एकतापछि पहिलो पटक पार्टीको सचिवालय प्रमुख र कोषाध्यक्षको मनोनयन नियुक्ति भएको छ ।

अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा,  डा.प्रकाशचन्द्र लोहनीले सहमतिका आधारमा पार्टीको अन्तरिम विधान अनुसार सचिवालय प्रमुखमा भास्कर भद्रा (ललितपुर) र ध्रुब बहादुर प्रधान (नवलपरासी) लाई नियुक्त गरेका छन् ।

त्यस्तै कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ (कैलाली) र गणेश चन्द (बैतडी) लाई नियुक्त गरेका हुन् ।

राप्रपा र राप्रपा संयुक्तबीच गत फागुन २४ गते एकताको आधारपत्रमा हस्ताक्षर गरी फागुन २८ गते एकताको घोषणा भएको थियो ।

आइतबार बसेको तीन अध्यक्षको बैठकले उक्त मनोनयन गर्ने निर्णय गरेको राप्रपाका नेता मोहन श्रेष्ठले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?