+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रदेश २ का सबैलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १० गते २०:२९

१० चैत, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सेल्फ क्वारेन्टाइनमा बसेर सरकारको निर्णयलाई सहयोग गर्न सबैसँग आग्रह गरेका छन् ।

प्रदेशका जनताको नाममा सोमबार अपील पत्र जारी गर्दै मुख्यमन्त्री राउतले कोरोना संक्रमण फैलिन नदिन सेल्फ क्वारेन्टाइनमा बस्न सबै प्रदेशवासीलाई आग्रह गरेका हुन् ।

कोरोना नियन्त्रणका लागि सरकारी प्रयास मात्र पर्याप्त नभएको भन्दै मुख्यमन्त्री राउतले सरकारको कदमलाई समर्थन गर्दै सेल्फ क्वारेन्टाइनमा बसिदिन आग्रह गरेका हुन् ।

‘विश्वभरि नै त्राहिमाम मचाएको कोरोना नियन्त्रणका लागि सरकारी प्रयास मात्र पर्याप्त हुँदैन’ उनले भनेका छन्, ‘त्यसैले आम प्रदेशवासीलाई सरकारको कदमलाई समर्थन गर्दै सेल्फ क्वारेन्टाइनमा बस्नुको विकल्प छैन ।’

उनले प्रदेशवासीहरुलाई आ–आफनै घरबाट एक अर्कालाई हौसला प्रदान गर्दै सरकारको कदमलाई समर्थन गर्दै सहयोग गर्न भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?