+
+

कोरोना महामारीविरुद्धको केन्द्रीय कोषमा बद्री पंगेनीको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १६ गते १४:१५

१६ चैत,काठमाडौं । सरकारले गठन गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण केन्द्रीय राहत कोषमा लोकगायक बद्री पंगेनीले व्यक्तिगत रुपमा ५० हजार रुपैयाँ योगदान गरेका छन् ।

लकडाउनका कारण घरभित्रै बसिरहेका गायक पंगेनीले राष्ट्रिय वाणिज्य बैंकको खातामा आफ्नो तर्फबाट सो रकम जम्मा गरेका हुन् । मानव जातिलाई नै संकटमा पार्ने गरी फैलिएको कोभिड १९ महामारीविरुद्ध सरकारले गरिरहेको प्रयासमा साथ दिन आफूले व्यक्तिगत रुपमा कोषमा योगदान गरेको बताए ।

सिंगो देशले भोगिरहेको संकटको बेला देशका ख्यातिप्राप्त कलाकारले आफूले सकेको सहयोग गर्नुपर्ने उनले बताए ।

यो बेला सरकारलाई साथ दिएर संक्रमण नियन्त्रणमा सघाउनु हरेक नागरिकको दायित्व भएको भन्दै उनले नकारात्मक कुरामा नलागी सरकारका आधिकारिक सूचना र निर्देशन पछ्याउन आग्रहसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?