+

बीसीसीआइद्वारा प्रधानमन्त्री राहत कोषमा ५१ करोड सहयोग

२०७६ चैत  १६ गते १५:५५ २०७६ चैत १६ गते १५:५५
बीसीसीआइद्वारा प्रधानमन्त्री राहत कोषमा ५१ करोड सहयोग

१६ चैत,  काठमाडौं । भारतीय क्रिकेट बोर्ड बीसीसीआइले भारतमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न ५१ करोड भारतीय रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सुरुवात गरेको प्रधानमन्त्री राहत कोषमा बीसीसीआइले कोरोनाविरुद्ध लड्न ५१ करोड रुपैयाँ सहयोग गरेको हो ।

बीसीसीआइका अध्यक्ष सौरभ गांगुली, सचिव जय शाह, बोर्डका पदाधिकारी र अन्य राज्य संघले शनिबार प्रधानमन्त्री राहत कोषमा ५१ करोड रुपैयाँ जम्मा गरेका हुन् । शनिबार नै अभिनेता अक्षय कुमराले पनि प्रधानमन्त्री राहत कोषमा २५ करोड रुपैयाँ सहयोग गरेका थिए ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले भारत पनि प्रभावित बनेको छ । भारतमा अहिलेसम्म नौ सय बढी संक्रमित भइसकेका छन् भने १९ जनाको मृत्यु भएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय