Comments Add Comment

विन्दवासिनीका २५० विपन्न परिवारलाई राहत

१९ चैत, वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिका वडा नं १ र २ गर्दौलमा दुई सय ५० जना विपन्न परिवारलाई राहत वितरण गरिएको छ । स्थानीय समाजसेवी प्रमोद तिवारीले लकडाउनबाट प्रभावित दुई सय ५० जनालाई राहत सामग्री वितरण गरेका हुन्।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनमा विपन्न वर्गलाई छाक टार्न समस्या भएको गुनासो आएपछि राहत सामग्री वितरण गरेको उनले बताए ।

प्रतिपरिवार १२ किलो ५ सय ग्राम चामल, एक किलो नुन, एक पाउ सोयाबिन वितरण गरिएको थियो ।

१० परिवारलाई भोरको सहयोग

पर्साको सखुवा प्रसौनी गाउँपालिका-५ महुवनमा लकडाउनले प्रभावित १० परिवारलाई राहत वितरण गरिएको छ । अति विपन्न दलित समुदायका १० परिवारलाई लकडाउन अवधिसम्मका लागि पुग्ने खाद्यान्न वितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment