Comments Add Comment

प्रहरी हिरासतबाट ३ जना थुनुवा फरार

२० चैत, काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका तीन जना थुनुवा फरार भएका छन् । बुधबार राति करिब १ बजेतिर थुनुवा कक्षको झ्याल उप्काएर उनीहरु फरार भएका हुन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाका अनुसार भाग्नेहरुमा भेरी गंगा नगरपालिका घर भई हाल वीरेन्द्रनगर-११ बस्ने २१ वर्षीय सन्देश कसेरा, वीरेन्द्रनगर–६ का २६ वर्षीय रोशनराज रेग्मी र वीरेन्द्रनगर–३ का २० वर्षीय सुनिल थारु रहेका छन्।

उनीहरु तीनै जना लागूऔषध कारोबार अभियोगमा पक्राउ परेको डिएसपी तिम्सिनाले अनलाइनखबरलाई जानकारी दिए । कसेरा २०७६ फागुन २५ गते पक्राउ परेका थिए भने थारु र रेग्मी चैत १६ गते पक्राउ परेका थिए।

उनीहरुको खोजी कार्य जारी रहेको र घटनाबारे प्रदेश स्तरीय छानविन समिति गठनको तयारी भइरहेको डीएसपी तिम्सिनाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment