Comments Add Comment

कोरोनाको रोकथाम कोषमा तीन बैंकको २० लाख सहयोग

२० चैत, कैलाली । कोरोना भाइरसको संक्रमण रोकथामका लागि विभिन्न बैंकहरुले सुदूरपश्चिम प्रदेश सरकारलाई २० लाख रुपैयाँ सहयोग गरेका छन् ।

सुदूरपश्चिम प्रदेश कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा बिहीबार यहाँका तीनओटा बैंकले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टलाई कुमारी बैंकले १० लाख, गरिमा बिकास बैंक लिमिटेडले ५ लाख र माछापुच्छ्रे बैंक लिमिटेडले ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment