+
+

बारा र पर्सामा लकडाउन उल्लंघन गर्ने ३४ जना नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २१ गते २०:४१

२१ चैत, वीरगञ्ज । सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्ने ३४ जना बारा र पर्साबाट पक्राउ परेका छन् । दुवै जिल्लाबाट खटिएका प्रहरीले विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले पर्साबाट ६८ वटा मोटरसाइकल र १/१ वटा कार तथा ट्याक्टरसमेत नियन्त्रणमा लिइएको छ ।

बारामा प्रहरीले लकडाउन उल्लंघन गर्ने ३२ जना र पर्साबाट २ जनालाई नियन्त्रणमा लिएको छ । संक्रामक रोग ऐन २०२० बमोजिम जरिवाना तिराएर उनीहरूलाई छाडिएको जिल्ला प्रशासन कार्यालय, बाराले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा लकडाउन उलंघन गरी सञ्चालन गरिएका ३८ वटा मोटरसाइकलसमेत नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय, बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?