+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

संक्रमितलाई नियन्त्रणमा लिने सशस्त्रको टोली सेल्फ क्वारेन्टाइनमा

रासस रासस
२०७६ चैत २३ गते १६:५९
प्रतीकात्मक तस्वीर

२३ चैत, कञ्चनपुर । वेदकोटकी ४१ वर्षीया एक नागरिकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै ती महिलालाई नियन्त्रणमा लिने सशस्त्र प्रहरी टोलीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ ।

ब्रह्मदेवस्थित सशस्त्र प्रहरी बल बीओपी पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रामराज खनालले ती महिलालाई नियन्त्रणमा लिन खटिएका सशस्त्र प्रहरीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले पनि संक्रमण भेटिएका व्यक्तिको उद्धार तथा स्वास्थ्य परीक्षणमा खटिएको टोली सेल्फ क्वारेन्टाइनमा रहेको जानकारी दिए ।

ती संक्रमित महिलासँगै अन्य ५ जना भारतको उत्तराखण्डबाट चैत १४ गते लुकीछिपी कञ्चनपुरको ब्रह्मदेव नाकाबाट स्वदेश आएका थिए । ‘भारतबाट नेपाल प्रवेश गर्दा त्यो दिन पाँच जनाको समूह हाम्रो ढोकामा आइपुग्यो,’ ब्रह्मदेवस्थित सशस्त्र प्रहरी बल बिओपी पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रामराज खनालले भने, ‘गाडीको पछाडिपट्टि राखेर हाम्रो टोलीले गड्डाचौकी पुर्याएको थियो ।’

उद्धार गरिएकामध्ये एक जनालाई सङ्क्रमण देखिएपछि त्यो दिनको ड्युटी टोली ब्यारेकभित्रै सेल्फ क्वारेन्टाइनमा बसेको उनले प्रष्ट पारे । ‘हाम्रोमा अवस्था सामान्य छ, कुनै समस्या छैन,’ उनले भने ।
गत चैतको पहिलो सातादेखि नै कञ्चनपुरको सीमानाकामा कोरोना भाइरस नियन्त्रणका लागि सत्रस्त्र प्रहरी बलले आवश्यक सावधानी अपनाएको उनले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?