+
+

सलमान भन्छन– ‘म डराएको छु’

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २४ गते १३:३५

बलिउड नायक सलमान खान भारतमा भइरहेको लकडाउनका कारण पनवेल फार्महाउसमा समय बिताइरहेका छन् । सलमान पनवेलमा केही समयका लागि पुगेका थिए । तर, लक डाउन भएपछि उनलाई सोही स्थानमा समय बिताउनु परिरहेको छ ।

उनै, सलमानले सामाजिक संजालमा एउटा भिडियो सार्वजनिक गर्दै कोरोना भाइरसको बिषयमा विचार व्यक्त गरेका छन् । सलमानले भिडियोमा आफू डराएको बताएका छन् ।

उनले भनेका छन– ‘म बहादुरीका साथ भन्छु कि, म डराएको छु । किनकी, अहिले जो डराउँछ उ नै सुरक्षित हुन्छ । म सबैसँग आगह गर्न चाहन्छु कि घरमै सुरक्षित रहनुहोला ।’

सलमानले काम नगरी दैनिक जीवन चलाउन समस्या परेका मानिसहरुलाई सहयोग पनि गरिरहेका छन् ।

सलमान अभिनित चलचित्र ‘राधे’को छायांकन पनि कोरोना भाइरसको संक्रमण फैलिएसँगै बन्द भएको छ । यसैले यो चलचित्र इदमा रिलिज हुने कुरामा अन्यौलता छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?