
२६ चैत, वीरगञ्ज । लकडाउनअघि भित्रिएका आठ सय नयाँ गाडी भन्सार यार्डमा थन्किएका छन् । अधिकृत बिक्रेताहरुले मगाएका विभिन्न ब्रान्डका नयाँ गाडी भन्सार यार्डमा थन्किएका हुन्।
एकीकृत भन्सार जाँच चौकी (आईसीपी) र वीरगञ्ज भन्सारको यार्डमा गरी कुल आठ सयभन्दा बढी गाडी यार्डमा थन्किएको भन्सार कार्यालयले जानकारी दिएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार आईसीपीमा तीन सय १२ वटा र वीरगञ्ज भन्सारको यार्डमा पाँच सय चार वटा नयाँ गाडी थन्किएर बसेको छ।
भन्सार कार्यालयले अत्यावश्यक वस्तु बाहेकका मालवस्तुको भन्सार जाँचपास पनि रोकेका छन्। लकडाउनअघि भित्रिएको र भन्सार जाँचपास हुन नपाएको वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत रमेश सुकमणिले जानकारी दिए ।
‘लकडाउनपछि नयाँ सवारी साधनको जाँच पास भएको छैन, त्यसैले भन्सार यार्डमा थन्किएर बसेको छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4