+
+

भारतमा पछिल्लो २४ घण्टामा थपिए ७ सय ७३ नयाँ संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २६ गते २१:०६

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९)का सात सय ७३ नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लवअग्रवालले बुधबार दिएको जानकारी अनुसार भारतमा नयाँ संक्रमितको संख्या बढ्दो क्रममा देखिएको हो । यससँगै भारतमा समग्र संक्रमितको संख्या पाँच हजार एक सय ९० पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारी अहिले विश्वभर फैलिएको छ । बीबीसी हिन्दीका अनुसार भारतमा यो महामारीबाट मृत्यु हुनेको संख्या एक सय ४९ पुगेको छ । मंगलबार मात्र भारतमा ३२ जनाको यो भाइरसका कारण मृत्यु भएको थियो । भारतमा अहिलेसम्म चार सयभन्दा धेरै संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यसैबीच, भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यको १५ जिल्लाको धेरै चहलपहल हुने क्षेत्रलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेका छन् । यो बन्द अप्रिल १५ सम्म जारी रहनेछ । अहिलेसम्म उत्तर प्रदेशमा संक्रमितको संख्या तीन सय ४३ पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?