२६ चैत, गोरखा । सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रीता देवकोटा होम क्वारेन्टाइनमा बसेकी छन् । एकमहिने बेलायत बसाइँपछि चैत १ गते स्वदेश फर्किएकी उनी क्वारेन्टाइनमा बसेकी हुन् ।
चैत ४ गते घर पुगेदेखि नै होम क्वारेन्टाइनमा बसेको उपाध्यक्ष देवकोटाले जानकारी दिइन् ।
होम क्वारेन्टाइनमा रहे पनि गाउँकार्यपालिकाको बैठक र अन्य आवश्यक काम फोनमार्फत समन्वय गरेर गरिरहेको उनले जानकारी दिइन् ।
२३ दिन क्वारेन्टाइनमा बसिसकेकाले भोलिबाट आवश्यकतानुसार घरवाहिर निस्कने उनले जानकारी दिइन् ।