
३ बैशाख, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरस (कोभिड-१९) उपचार तथा रोकथामका लागि आवश्यक औषधि छिटो खरिद गर्न सरकारलाई निर्देशन दिएको छ ।
भिडियो कन्फ्रेन्समार्फत बसेको समितिको बैठकले कोरोनाको स्वास्थ्य सामग्री (भ्यान्टिलेटर, पीपीई, माक्स, किटलगायत) सामानहरु छिटो खरिद गरी वितरण गर्न सरकारलाई निर्देशन दिएको हो ।
समितिले कोरोना भाइरसको ल्याब टेस्टलाई तीब्र बनाउन, क्वारेन्टाइन र आइसोलेसनमा रहेकाहरुको खाने, बस्ने र उपचारको उचित व्यवस्था गर्न र लकडाउनका कारण समस्यामा परेका गरिब विपन्नहरुलाई उचित खानपान र बस्ने व्यवस्था गर्न समेत सरकालाई निर्देश गरेको छ ।
कोरोनाबाहेकका अन्य बिरामीहरुलाई उपचारको सहज वातावरण बनाउनुपर्ने, कोरोनाको त्रासमा रहेकाहरुलाई मनोपरामर्शको व्यवस्था गर्नुपर्नेलगायतका सुझाव पनि समितिले दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4