+
+

काभ्रेका दुई युवकको कोरोना संक्रमण देखिएन

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३ गते १८:१६

३ वैशाख, काठमाडौं । काभ्रेमा मंगलबार गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) मा एन्टीबडी पोजेटिभ देखिएका दुई युवकमा कोरोना संक्रमण नभएको पाइएको छ ।

बुधबार धुलिखेल अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको अस्पतालका एक अधिकारीले जानकारी दिए ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका र बेथानचोक गाउँपालिकाका वासिन्दा दुई युवकमा आरडीटी विधिबाट परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको थियो । त्यसपछि थ्रोट स्वाब संकलन गरी प्रयोगशाला परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको थियो ।

धुलिखेल अस्पतालमा बुधबारमात्र ५० जनाको नमुना परीक्षण गरिएको छ । हालसम्म धुलिखेल अस्पतालको प्रयोगशालामा दुई सय ६३ जनाको कोरोना संक्रमण परीक्षण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?