+
+
WC Series
पोखरा एभेन्जर्स 2025
56/4 (8.4)
VS
६८ बलमा ११० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

स्वास्थ्य सामग्री खरिदका लागि तीन निजी कम्पनीसँग सम्झौता

सागर बुढाथोकी सागर बुढाथोकी
२०७७ वैशाख ५ गते १३:५०

५ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथाम र उपचारका लागि आवश्यक सामग्री खरिदका लागि तीनवटा निजी कम्पनीसँग सम्झौता गरेको छ ।

स्वास्थ्य सामग्री खरिदको जिम्मा पाइसकेको ओम्नी ग्रुपसँगको सम्झौता भंग गरेको स्वास्थ्य सेवा विभागले बिहीबार तीनवटा कम्पनीसँग खरिद सम्झौता गरेको हो ।

कोभिड १९ को उपचारमा खटिने स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई सेट), सर्जिकल तथा एन ९५ मास्क लगायतका सुरक्षा सामग्री दुई साता भित्र ल्याउने गरी

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले विहीबार खरिद सम्झौता गरेका हुन् ।

‘सम्झौताको रकम २९ – ३० करोड रुपैयाँको छ । सम्झौता गर्ने कम्पनीहरुमा ओम सर्जिकल, हाम्रो मेडि कन्सर्न र लुम्बिनी हेल्थ केयर रहेका छन्’ श्रेष्ठले भने ।

सम्झौतामा पहिलो साता आंशिक र दोस्रो सातामा सम्झौता अनुसारको सबै सामग्री ल्याउने उल्लेख छ । महानिर्देशक श्रेष्ठका अनुसार खरिद प्रकियामा चासो देखाएर पाँचवटा कम्पनी आएका थिए ।

निजी कम्पनीले पहिलो खेपमा पीपीईलगायतका सुरक्षा सामग्री ल्याउनेछन् ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलका अनुसार प्रयोगशालासम्बन्धी सामान खरिदका लागि शुक्रबार या शनिबार छुट्टै सम्झौता हुनेछ ।

सेनिटाइजर र आइआर थर्मोमिटर खरिदका लागि छुट्टै सम्झौता हुनेछ । उनले भने ‘अहिले यो साताभित्रमै करिब करिब १ लाख जति होल सेटमा पीपीई आउने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?