+
+

रुकुम (पूर्व) मा पहिलो पटक एम्बुलेन्स

रासस रासस
२०७७ वैशाख ५ गते १४:०४

रुकुम । रुकुम (पूर्व) जिल्लाका लागि पहिलो पटक एम्बुलेन्स आउने भएको छ । हिमाली र दुर्गम रुकुम (पूर्व) मा हालसम्म एउटा पनि एम्बुलेन्स नभएका अवस्थामा प्रदेश सरकारले एम्बुलेन्स उपलब्ध गराएपछि बिरामीलाई सहज हुने भएको छ ।

विश्वभर कोरोना भाइरस महामारी फैलिरहेका बेलामा जिल्ला अस्पतालको मातहतमा रहने गरी सो एम्बुलेन्स उपलब्ध गराउन थालिएको हो ।

‘जिल्लामा एम्बुलेन्स उपलब्ध गराउनका लागि लामो समयदेखि पहल गरिए पनि ढिला भइरहेको थियो तर कोरोना महामारीको उच्च जोखिम रहेको भन्दै जिल्लालाई प्राथमिकतामा राखेर एम्बुलेन्स उपलब्ध गराइएको हो’, प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले भने ।

आज साँझसम्म एम्बुलेन्स जिल्लामा आइसक्ने प्रदेशसभा सदस्य तेजबहादुर ओलीले बताए । कोरोना भाइरस जाँचका लागि प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, आपूर्ति व्यवस्थापन केन्द्रले थप स्वास्थ्य सामग्री पनि पठाएको उनले बताए ।

ओलीका अनुसार जिल्लामा पठाइएका थप स्वास्थ्य सामग्रीमा २० थान पिपिई, सर्जिकल मास्क, सेनिटाइजरलगायत छन् ।

यातायातको सुविधा पुगेका ठाउँमा पनि मानिसले एम्बुलेन्स र अन्य सवारी साधनको अभावले अकालमै ज्यान गुमाएका घटना धेरै छन् । अब त्यस्ता समस्याका दिन सकिएको भूमे गाउँपालिका वडा नम्बर ६ की सविना बुढाले बताइन् ।

जिल्लामा एम्बुलेन्स चलाउनका लागि जिल्ला अस्पतालले चालकको व्यवस्था गर्ने बताइएको छ । अब भने जिल्लामा २४ सै घण्टा बिरामीलाई सेवा दिने गरेर एम्बुलेन्स तयारी अवस्थामा राखिने छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?