
धेरै घरको भान्सामा प्याज अनिवार्य वस्तु हो । सागसब्जी पकाउन होस् वा सलाद बनाउन नै किन नहोस् । प्याज यसको लागि निकै उपयोगी खानेकुरा हो । प्याजले खानेकुराको स्वाद पनि बढाउँछ । साथसाथै यसबाट स्वास्थ्य लाभ पनि मिल्छ । प्याजमा केही यस्ता गुण हुन्छ। जसले शरीरलाई विभिन्न किसिमको रोगको संक्रमणबाट समेत बचाउँछ ।
गर्मीमा त प्याजको सेवन अरू उपयोगी हुन्छ ।
गर्मीको मौसममा काँचो प्याज सेवन गर्दा शरीरमा कतिपय संक्रमणको भय हुँदैन । कब्जियतको समस्या होस् वा मधुमेह । यस्ता समस्याको लागि प्याजको सेवन लाभदायक हुन सक्छ ।
पेट सफा गर्न
काँचो प्याजमा फाइबर धेरै पाइन्छ । जो पेटको भित्र टाँसिएर रहेको खानेकुरा बाहिर निकाल्न मद्दत गर्छ । प्याज सेवन गर्दा पेट सफा हुन्छ। त्यसैले कब्जियतको समस्या भएकाहरूले प्याज खानैपर्छ ।
खराब कोलेस्ट्रोल घटाउन
प्याजमा एमिनो एसिड हुन्छ । यसले खराब कोलेस्ट्रोललाई कम गर्छ ।
मधुमेह नियन्त्रण गर्न
काँचो प्याज खानाले शरीरमा इन्सुलिन पैदा हुन्छ । त्यसैले काँचो प्याज मधुमेह रोगीका लागि पनि फाइदाजनक हुन्छ ।
पथरीमा
यदि तपाईं पथरीको समस्याबाट ग्रस्त हुनुहुन्छ भने प्याजको रस वरदान सावित हुन सक्छ । बिहान खाली पेटमा प्याजको रस पिउनाले पथरीको दुखाइ सहजै कम हुन्छ ।
क्यान्सरको जोखिम कम गर्न
प्याजमा सल्फर बढी पाइन्छ, जसले पेट, आन्द्रा, छाती, फोक्सो र प्रोस्टेट क्यान्सरको सम्भावना कम गराउँछ । साथै प्याजले पिसाब सम्बन्धी रोगबाट पनि छुटकारा दिन्छ ।
मुटुको लागि
काँचो प्याजले उच्च रक्तचाप नियन्त्रण गर्छ । यसले बन्द रगतको धमनीलाई खोल्न पनि सहयोग गर्छ। जसले मुटुको समस्या हुने खतरा कम हुन्छ ।
अन्य फाइदा
– केस झर्ने समस्यामा पनि प्याज लाभदायक हुन्छ । यसले केस झर्नबाट रोक्छ ।
-अनियमित महिनावारी छ वा महिनावारीको समयमा पेट दुख्ने गर्छ भने प्याज सेवन गर्नुपर्छ ।
– जसलाई रगतको कमी छ, उसको निम्ति प्याज एकदमै लाभदायक हुन्छ ।
– प्याजले युरिन इन्फेक्सन पनि हट्छ ।
– प्याजको सेवन राम्रो निन्द्रा पाउन र क्यालोरी बर्न गर्नका लागि पनि सहयोगी हुन्छ ।
-तनाव कम गर्न र प्रतिरक्षा क्षमता बढाउन प्याज उपयोगी हुन्छ ।
-प्याज खानाले तपाईंको वीर्य समेत स्वस्थ्य हुन्छ ।
प्रतिक्रिया 4