+
+

दैलेखी सेवा समाजद्वारा स्वास्थ्य सामग्री सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १० गते १२:४१

१० वैशाख, काठमाडौं । दैलेखी सेवा समाज, काठमाडौं र मनघरी फाउण्डेसन नेपालले दोस्रो चरणमा स्वास्थ्य सामग्री दैलेख पठाएको छ ।

पहिलो चरणमा ८९ थान पीपीई सेट, २ हजार थान मास्क, एक हजार थान गोलब्स र १० बोतल सेनिटाइजर पठाएको थियो ।

दोस्रो चरणमामा ललितपुर स्थित प्रारम्भ सामाजिक संस्थाको सहयोगमा आनी छोइङ डोल्मा फाउण्डेसनको सहयोगमा दैलेखका ११ वटा स्थानीय तहका लागि दुई-दुई थान पीपीई सेट, सेनिटाइजनर, ग्लोब्स र मास्क (२२ थान) उपलब्ध पठाएकोे छ ।

प्रारम्भका अध्यक्ष कल्पना छेत्री, आनी छाइङ डोल्मा फाउण्डेसनका अध्यक्ष सुप्रसिद्द गायिका आनी छोइङ डोल्मा प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बऽीराज तिमल्सिनाले दैलेखबाट निर्वाचित सांसद रवीन्द्रराज शर्मालाई स्वास्थय सामग्री उपलब्ध गराएका हुन् ।

सामग्री ग्रहणपछि सांसद शर्माले भने स्वास्थय सामग्रीहरु सम्बन्धित निकायमा तत्काले पठाउने बताए । अन्य सामग्रीहरु पनि पठाउनका लागि पहल गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?