+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सीमामा कडाइ गर्न १२ नं गणले खटायो तीन गुणा बढी सशस्त्र

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १० गते २३:४१

१० वैशाख, बारा । सशस्त्र प्रहरी बलको १२ गणले बारा जिल्लाको भारतसँग जोडिएको सीमामा निगरानी बढाउन तीन गुणा बढी सशस्त्र प्रहरी खटाएको छ । नेपाल र भारतको सीमा आवतजावतमाथि कडाइ गर्न थप बल परिचालन गरिएको १२ नं गणले जनाएको छ ।

भारतसँग खुल्ला सीमा भएको र भारतमा कोरोनाको तीव्र असर देखिएकोले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको सशस्त्र प्रहरी बलले १२ नम्बर गणले जनाएको छ। जिल्लामा रहेको सम्पूर्ण सशस्त्र प्रहरी जनशक्ति कोभिड-१९ नियन्त्रणको लागि सीमा तथा सोही बमोजिम आवश्यक क्षेत्रमा पारिचालन गरिएको गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले बताए ।

सीमा क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको भन्दै उनले स्थानीय तहहरूसँगको समन्वयमा निगरानी समितिमार्फत सुरक्षाका सबै कार्य अगाडि बढाइएको जानकारी दिए । सुवेदीका अनुसार सीमा क्षेत्रमा सामान्य अवस्थामा रहने जनशक्तिभन्दा अहिले तीन गुणा बढी संख्यामा सशस्त्र प्रहरीको जनशक्ति पारिचालन गरिएको हो ।

“सीमामा हाल हरेक चार सय मिटरदेखि छ सय मिटरमा सशस्त्र प्रहरी खटिएको छ। सीमामा आवतजावत रोक्नु नै सशस्त्र प्रहरीको प्रमुख दायित्व हो ।” सुबेदीले भने ‘सीमामा जम्मा ७ वटा बिओपीमार्फत कार्य गर्दै आएको सशस्त्र प्रहरीले थप १७ वटा पोस्ट निर्माण गरी फौजको परिचालन तीव्र बनाएको छ।’

सुवेदीका अनुसार ६० किलोमिटर सीमा रहेको बारा जिल्लाको सीमा दसगजा क्षेत्रमा मात्र ९१ भन्दा बढी स्थानहरूमा सशस्त्र प्रहरीको उपस्थिति रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?