+
+

नालामा जमेको पानीमा डुबेर तीन जना बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ११ गते १९:५२

११ वैशाख, काठमाडौं । बाँकेको बैजनाथपुरमा नालामा जमेको पानीमा डुबेर बिहीबार तीन जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बैजनाथपुर गाउँपालिका-२ पित्तमारीका १२ वर्षीय नविन परियार, १२ वर्षकै नरेश कुँवर र ११ वर्षीय अनिल राउत रहेको कोहलपुरका डीएसपी कुलदिप चन्दले अनलाइनखबरलाई जानकारी दिए ।

बैजनाथपुर-२ को पित्तमारीमा निर्माण भइरहेको क्षेत्रीय कारागार नजिकैको नालामा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको उनले बताए ।

वडाध्यक्ष प्रेमबहादुर थापाले भने, ‘कारागार निर्माणको क्रममा नाला थुनिन पुगेको रहेछ । केही दिन यता परेको पानी नालामा जमेको र सोही जमेको पानीमा उनीहरु पौडी खेलेका रहेछन् । पौडी खेल्ने क्रममा उनीहरु अचानक डुब्न पुगेछन् ।’

तीनै जनाको शव नालाबाट निकाल्ने काम भइसकेको र घट्नाबारे थप अनुसन्धान भइरहेको डीएसपी चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?