Comments Add Comment

सर्वेन्द्र खनालले अझै चलाउँदैछन् प्रहरी संगठन ?

१३ वैशाख, काठमाडौं । सांसद सुरेन्द्र यादवलाई तराईबाट जबरजस्ती उठाएर काठमाडौं ल्याउँदा उनी अपहरण परेको खबर मंगलबार नै मिडियाबाट सार्वजनिक भइसकेको थियो । तर, बाटामा प्रहरीले कहीँ पनि सर्वेन्द्र खनाल र महेश बस्नेतहरुको चढेको गाडी चेकिङ गरेन ।

प्रहरीकै ‘व्यवस्थापन’ मा यादवलाई काठमाडौं ल्याउन बस्नेत र खनालहरू सफल भए ।लकडाउनका बेलामा आफूलाई काठमाडौं ल्याइँदा बाटोमा एक ठाउँ पनि प्रहरीले चेकिङ नगरेको सांसद यादवले मिडियालाई बताएका छन् ।

‘जहाँजाँदा पनि पुलिस थिए । सिन्धुलीमा जहाँ गाडी रोकिएको थियो, त्यहाँ पुलिस चौकी नै थियो। जहाँ काभ्रेमा खाना खान रोकियो, एउटा एन्स्पेक्टर थियो । सबै पुलिसहरूले नै एरेञ्ज गरेको ।’ सांसद यादवले एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘बाटोमा कहीँ पनि चेकिङ भएन, कहीँ पनि रोकिएन । जिल्लामा जब म गाडी चढेँ, एसपीको पूरा टिम थियो ।’

सर्वेन्द्र खनाल नेपाल प्रहरीका पूर्वआइजीपी हुन् । यही आधारलाई प्रयोग गर्दै सिङ्गो प्रहरी संगठनको दुरुपयोग गरेर सांसद यादवलाई काठमाडौं ल्याइएको सांसद यादवको भनाइबाट स्पष्ट हुन्छ ।

जिल्लाका विभिन्न तहमा खटिएका प्रहरीले पूर्वआइजीपीलाई देखेपछि नतमस्तक हुनु र उनलाई सलाम गर्नु स्वाभाविकै भएको संगठनका अधिकारीहरू बताउँछन् । यही शक्तिको दुरुपयोग गर्दै सर्वेन्द्र खनाल र सांसद महेश बस्नेतले यादवलाई सकुशल काठमाडौंसम्म ल्याएका हुन् ।

बाटोमा उनीहरूले प्रधानमन्त्री केपी ओलीलाई फोन गरेर यादवजी हामीसँगै हुनुहुन्छ भनेर रिपोटिङ गरेको सांसद यादवले बताएका छन् ।

नेकपा सांसद किसान श्रेष्ठले अब सर्वेन्द्र खनाल अख्तियारको आयुक्त बन्दै हुनुहुन्छ, यसबाट तपाई‌ंलाई सजिलो हुन्छ भनेर ‘ड्यासिङ’ दिएको यादवको भनाइ छ ।

यो पनि पढ्नुहोस महेश र सर्वेन्द्रलाई अपहरणको मुद्दा किन नलाउने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

…अब त के बाँचुला र ?

Advertisment