+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

झुलाघाटबाट उद्धार गरिएका वृद्धको क्वारेन्टाइनमा डुलाउँदाडुलाउँदै मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २० गते १२:३८

२० वैशाख, काठमाडौं । नेपाल–भारत सीमा झुलाघाटबाट उद्धार गरेर ल्याइएका एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

बैतडीको पुर्चौडी नगरपालिका–६ घर भएका ६७ वर्षीय जुनी लोहारको शनिबार बिहान ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीराम पाण्डेले जानकारी दिए ।

बिहीबार सीमावारि ल्याइएका लोहारसहितको समूहलाई पहिलो दिन दशरथचन्द नगरपालिकाको स्कुलमा राखिएको थियो । शुक्रबार बैतडीको पुरचौडी नगरपालिकामा ल्याइएको थियो ।

शनिबार विहान पुनः पुरचौडीको अर्को क्वारेन्टाइनमा हिँडाएर लैजाँदै गरेका लोहारको बाटोमै मृत्यु भएको डीएसपी पाण्डेले बताए ।

कोरोनाको कुनै लक्षण नदेखिए पनि मृतक लोहारको स्वाब परीक्षणका लागि धनगढी पठाइएको छ । डीएसपी पाण्डेका अनुसार एक महिना भारत बसेका लोहारले दमको औषधि खाइरहेका थिए ।

हालै महाकालीपारि अलपत्र परेका २६ सय नेपालीको उद्धार गरिएको थियो । सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा क्वारेन्टाइनको रुपमा प्रयोग गरिएका सार्वजनिक स्थानहरु भरिभराउ छन् । भएका क्वारेन्टाइन पनि व्यवस्थित छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?