+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

नेपालमा दश वर्षभन्दा कम उमेरमा देखियो कोरोना

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २१ गते १९:४६

२१ वैशाख, काठमाडौं । नेपालमा पहिलो पटक दश वर्षभन्दा कम उमेरका व्यक्तिमा कोभिड–१९ (नोवल कोरोना भाइरस) संक्रमण देखिएको छ ।

भेरी अञ्चल अस्पतालमा नमुना परीक्षण गर्दा ७ वर्षीयको रिर्पोट पोजेटीभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यसअघि जनकपुरमा १४ वर्षीयामा कोरोना संक्रमण देखिएको थियो ।

विभिन्न अध्यनहरूले ९ वर्ष भन्दा कमलाई कोरोनाबाट सबै भन्दा ‘कम जोखिम युक्त’ उमेर समूह मानिएको छ ।

बालबालिका कम जोेखिममा !

न्यूर्योक सिटी हेल्थका अनुसार अमेरिकामा ६ हजार ८४० को मृत्यु हुँदा १७ वर्षभन्दा कम उमेरका ३ जना थिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार कोरोना संक्रमित ७ वर्षीयको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

कोरोनाका बिरामीको उपचारमा संलग्न डा. शेरबहादुर पुन विभिन्न अनुसन्धानहरूले तुलनात्मक रुपमा बालबालिकामा कोरोनाको संक्रमण कम देखाएको बताउँछन् ।

‘संख्यात्मक रुपमा सानो उमेरका संक्रमित कम देखिए पनि यसको मुल कारण पत्ता लागि सकेको छैन,’ डा. पुन भन्छन्, ‘कोभिड–१९ सम्बन्धी सबै कुरा नयाँ भएकाले बालबालिका कम जोखिममा छन् भनेर ठोकुवा गर्नु भने हतार हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?