Comments Add Comment

उदयपुरका बिरामीको उपचार गर्न नमान्ने अस्पताललाई कारबाही गर्न माग

२२ वैशाख, काठमाडौं । उदयपुर घर भएकै कारण बिरामीको उपचार नगरी फर्काउने विराटनगरको नोेबेल मेडिकल कलेजलाई कारबाही गर्न जनप्रतिनिधिले माग गरेका छन् ।

प्रदेशसभा सदस्यद्वय अम्बिका थापा र सुनिता चौधरी, बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा, चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले सोमबार विज्ञप्ति जारी गरी कारबाहीको माग गरेका हुन् ।

उनीहरूले नोबेल मेडिकल कलेजले नेपालको संविधान र नागरिकको मौलिक अधिकारको खिल्ली उडाएको भन्दै आपत्ति जनाएका छन् ।

नोबेल मेडिकल कलेजले उदयपुर घर भएकी एक सुत्केरीलाई अपरेसन थियटरबाट निकालेको थियो भने त्यसको भोलिपल्ट हात भाँचिएका एक बिरामीलाई पनि उपचार नगरी फर्काएको थियो ।

‘उदयपुर घर भएकै कारण अपरेसन थियटरबाट सुत्केरी महिलालाई निकालिएको र अन्य उदयपुर घर भएकाहरूलाई पनि उपचार गर्न नमानेको भन्ने केही दिनयता विभिन्न सञ्चारमाध्यममा आएको समाचारले उदयपुरका सम्पूर्ण नागरिकको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त अमानवीय र घृणित कार्यको हामी घोर भत्सर्नना गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

उदयपुरका नागरिकको सहज उपचारको व्यवस्था मिलाउन समेत उनीहरुले संघ र प्रदेश सरकारसँग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment