+
+

वीरगञ्जमा ७० जनाको स्वाब संकलन

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २२ गते २०:०४

२२ वैशाख, काठमाडौं । कोरोना भाइरस परीक्षणका लागि वीरगञ्जमा ७० जनाको स्वाब संकलन गरिएको छ ।

वीरगञ्जमा कोरोना संकमितको संख्या वृद्धि हुँदै गएपछि संक्रमितको सम्पर्कमा आएका र विभिन्न गाउँपालिकाका क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको स्वाब परीक्षणलाई तीव्रता दिइएको हो ।

वीरगञ्ज महानगरपालिका-३ छपकैयाका ३६ वर्षीय पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।  उनको परिवार र छिमेकी गरी ३२ जना तथा विभिन्न गाउँपालिकाका क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका ३८ जनाको स्वाब सोमबार संकलन गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

क्वारेन्टाइनमा बसेकाहरु कोरोना परीक्षणका लागि एम्वुलेन्समार्फत अस्पतालमै आएको उनले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?