
तस्वीर : श्रीहरि थापाको फेसबुकबाट
२४ वैशाख, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका ६ मा चितुवाको आक्रमणबाट ६ जना भन्दा धेरै घाइते भएका छन् ।
मानिसमाथि आक्रमण गर्ने चितुवालाई स्थानीयले कुटपिट गरी मारेका छन् । काठमाडौंका जिल्ला वन अधिकृत हरि खरेलले स्थानीयको आक्रमणबाट दिउँसो तीन बजेतिर चितुवाको मृत्यु भएको जानकारी दिए ।
‘मान्छेलाई आक्रमण गरेपछि स्थानीयले सुरक्षाको लागि आक्रमण गर्दा चितुवा मरेको छ’ उनले भने ।
विहान ७ बजेतिरै चन्द्रागिरि जंगलबाट वस्तीमा झरेको चितुवाले सुरुमा ३ जनालाई घाइते बनाएको थियो । तर दिनभरजसो वस्ती क्षेत्रमै रहेको चितुवाले दिउँसो थप ३/४ जनालाई घाइते बनाएको प्रहरीले बताएको छ । घाइतेमध्ये केही सामान्य अवस्थाका छन् भने केही गम्भीर छन् ।
जिल्ला वन अधिकृत खरेल चितुवा घाइते अवस्थामा नै वस्ती झरेको बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4