Comments Add Comment

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२५ वैशाख, सप्तरी । सप्तरीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार कृष्णासावरण गाउँपालिका-३ का ३५ वर्षीय बिक्रम सरदार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी तिलक भारतीले जानकारी दिए ।

अग्निसाइर कृष्णासावरण गाउँपालिका-२ सितापुरस्थित पूर्वपश्चिम राजमार्गमा बिहीबार बिहान ना३ख ६१२६ नम्बरको ट्रकमा स८प ५६२९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार बिक्रम र ३६ वर्षीय तरुण सरदार घाइते भएका थिए ।

उनीहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याउने क्रममा बिक्रमको मृत्यु भएको हो । घाइते तरुणको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment