+
+

दुई पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २६ गते १८:२१

२६ वैशाख, काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाले दुई जना पूर्वसांसदको निधनप्रति शोकप्रस्ताव पारित गरेको छ ।

२०६४ सालको संविधानसभा सदस्यद्धय विश्वनाथ अग्रवाल र शिवनारायण उरावको निधनप्रति दुख व्यक्त गर्दै शुक्रबार बसेको दुबै सभाको बैठकले सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको हो ।

अग्रवालको ७५ बर्षको उमेरमा फागुन ३० गते ललितपुरस्थित आफ्नै निवासमा निधन भएको थियो भने उरावको उपचारका क्रममा ६१ बर्षको उमेरमा वैशाख १ गते धरानमा निधन भएको थियो ।

पूर्वसांसदको निधनप्रति शोक प्रकट गर्दै सांसदहरुले एक मिनेट मौन धारण गरे ।

प्रतिनिधिसभाको अर्को बैठक २८ गते बिहान ११ र राष्ट्रिय सभाको अर्को बैठक २८ गते दिउँसो १ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?