+
+

वीरगञ्जको छपकैयामा थप २७२ जनाको थ्रोट स्वाब संकलन

सुरेश बिडारी सुरेश बिडारी
२०७७ वैशाख २६ गते २०:५१

२६ वैशाख, वीरगञ्ज । एउटै परिवारका १८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि वीरगञ्ज उपमहानगरपालिका–३ छपकैयामा पीसीआर विधिबाट परीक्षणलाई तीब्र बनाइएको छ ।

शुक्रबार मात्र छपकैया–३ बाट २७२ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । बिहीबार ८९ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो ।

सबैको रिपोर्ट आउन बाँकी छ ।

शुक्रबार पोखरीयाबाट पनि २५ जनाको थ्रोट स्वाब संकलन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतकाअनुसार पर्सामा बिहिबारसम्म ९५७ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । त्यसमध्ये १५३ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए ।

पर्सा, बारा, रौतहट र सर्लाहीका २८ जना संक्रमित नारायणी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ भने १२ महिलासहित २३५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?