
२७ वैशाख, काठमाडौं । नेपाली भूमि अतिक्रमण गर्दै भारतले मानसरोवर जाने बाटो बनाएको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन गर्न खोज्नेहरूलाई प्रहरीले पक्राउ परेको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध अनेरास्ववियुले प्रदर्शन गर्न खोजेको थियो ।
तर, उत्तर ढोकामा जम्मा हुनासाथ उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको विद्यार्थी नेता सुदेश पराजुलीले जानकारी दिए ।
भारतीय गृहमन्त्री राजनाथ सिंहले शुक्रबार मात्र धार्चुला लिपुलेक लिङ्क रोडको उद्घाटन गरेका थिए । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि भारतले उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडकमार्ग खोलेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4