Comments Add Comment

एभरेष्ट बैंकका कर्मचारीका परिवारद्वारा ३० लाखको राहत सामग्री वितरण

२८ वैशाख, काठमाडौं । एभरेष्ट बैंकका कर्मचारीका परिवारले लक्डाउनका कारण रोजगार गुमाएका विभिन्न विपन्न परिवारहरुलाई राहत सामग्री वितरण गरेका छन् ।

यी राहत सामग्रीहरु देशका विभिन्न भागहरुमा स्थानीय निकायहरुको समन्वयका साथ वितरण गरिएको थियो । राहत सामग्री वितरण गर्न प्रयोग गरिएको सबै रकम एभरेष्ट बैंकका कर्मचारीहरुले योगदान गरेका थिए ।

पहिलेदेखि नै खराब अर्थतन्त्र रहेको नेपालमा, हाल यो कोविड १९ महामारीले थप गम्भीर रूपमा नकारात्मक प्रभाव पारेको छ । यस्को अनिश्चित प्रभाव लामो समय सम्म देखिनुको साथै वित्तीय क्षेत्रमा अधिक अस्थिरताको रुप लिन सक्नेछ ।

एभरेष्ट बैंकका कर्मचारीहरुले लकडाउनका कारण आफ्नो कमाइको स्रोत गुमाएका विभिन्न परिवारहरुलाई तत्काल राहत प्रदान गर्ने उद्देश्यका साथ राहत सामग्री वितरण गरेका छन् ।

एभरेष्ट बैंकको सबै प्रादेशिक कार्यालयहरुको समन्वयमा देशको सबै प्रदेशहरुमा राहत वितरण भइरहेको छ । एभरेष्ट बैंकले यस अघी पनि नेपाल सरकारको कोविड राहत कोषमा रु. १ करोड २ लाख रकम प्रदान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment