+
+
Shares

पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३० गते १३:०३

३० वैशाख, वीरगञ्ज । पत्रकार तिवारी यादव माथि दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही गर्न माग राख्दै पर्साका पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका छन् ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बञ्जराले मंगलबार प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै पत्रकारमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही गर्न माग गरेका हुन् ।

सरकारी निकायले बिभिन्न बहानाबाजी गरेर आक्रमण, दुर्व्यवहार, मानसिक यातना, धरपकड गर्दै आएकोले सञ्चारकर्मी यतिबेला त्रसित र आन्दोलित छन् ।

गत वैशाख २८ गते पत्रकार तिवारी यादवलाई कुटपीट गरी पाँच घण्टासम्म भ्यानमा कोचेर प्रहरीले नियन्त्रणमा राखेको भन्दै पर्सेली पत्रकारहरू आन्दोलित छन् ।

ज्ञापन पत्र बुझ्दै प्रजिअ कार्कीले अहिलेको परिस्थितिमा सबै मिलेर कोरोनाविरुद्ध लड्नुपर्ने बताए । उनले घटनाको निष्पक्ष छानबिनका लागि सम्बन्धित निकायलाई निर्देशन दिने आश्वासन दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?