+
+

घर फर्किन चाहने नेपालीको आवश्यक व्यवस्था मिलाउन उत्तर प्रदेशका मुख्यमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३० गते १७:२५

३० वैशाख, काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घर फर्किन चाहने उत्तर प्रदेशमा रहेका नेपालीको लागि घर फर्किने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनको कार्यालयले उल्लेख गरे अनुसार आदित्यनाथले नेपाल नफर्की भारतमा नै बस्न चाहने नेपालीको लागि पनि आवश्यक व्यवस्था गर्न निर्देशन दिएका छन् ।

काम, पढाइ तथा अन्य सिलसिलामा उत्तर प्रदेश पुगेका धेरै नेपालीहरु अहिले लकडाउनको कारण रोकिएका छन् ।


भारतमा मजदुरहरुलाई रेलबाट आफ्नो गन्तव्यमा पुर्‍याउने काम शुरु भएसँगै उत्तर प्रदेशका मुख्यमन्त्रीले उत्तर प्रदेशमा रहेका नेपालीलाई पनि घर फर्किने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

भारतमा धेरै स्थानमा रहेका मानिसहरु उत्तर प्रदेश हुँदै नेपाल आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?