+
+

रुस कोरोनाबाट सबैभन्दा प्रभावित देशको सूचीमा दोस्रो स्थानमा

लगातार दसौं दिन १० हजार बढी संक्रमित थपिए

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३१ गते ६:०७
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन

३१ वैशाख, काठमाडौं । रुसमा कोरोना संक्रमितको संख्या २ लाख ३२ हजारभन्दा बढी पुगेको छ । यससँगै रुस कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशहरुको सूचीको दोस्रो स्थानमा पुगेको छ । पहिलो स्थानमा अमेरिका छ ।

लगातार दसौं दिन रुसमा नयाँ संक्रमित १० हजारभन्दा धेरैले थपिएका छन् । गत २४ घण्टामा १० हजार ८ सय ९९ नयाँ संक्रमित थपिएका छन् । यससँगै रुसमा कूल संक्रमितको संख्या २ लाख ३२ हजार २ सय ४३ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक छ ।

यद्यपि रुसमा हालसम्म २ हजार १ सय १६ जनाको मात्र मृत्यु भएको छ ।

स्थानीय मिडिया रिपोर्टस्का अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवमा पनि कोरोना पोजेटिभ छ ।

संक्रमितको संख्या बढिरहेको बेला पुटिन सरकारले मंगलबारदेखि लकडाउन खुकुलो बनाएको छ । कारखाना, कन्स्ट्रक्सन साइटमा अनुमति पाएपछि धेरै ठाउँमा काम पनि सुरु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?