+
+

सोनामको पर्खाइ कहिलेसम्म ?

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३१ गते १२:३४

चलचित्र ‘सम्हालिन्छ कहिले मन’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्न लागेका कलाकार सोनाम तोप्देनको पर्खाइ अझै लम्बिने भएको छ । उनले, आवाज भरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा समावेश ‘तिम्रो घरको वरिपरि’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ ।

यो गीतले उनको आवाज कर्णप्रिय छ भन्ने त पुष्टि गरेको छ । तर, सोनामको अभिनय कस्तो छ र उनी चलचित्र क्षेत्रमा कति लामो समय यात्रा गर्न सक्छन् भन्ने पुष्टि हुन अझै समय लाग्ने भएको छ ।

निर्देशक सुदर्शन थापाले चलचित्र ‘सम्हालिन्छ कहिले मन’बाट सोनामलाई चलचित्र क्षेत्रमा प्रवेश गराउँदै गर्दा उनी बलियो सम्भावना रहेको व्यक्तिको रूपमा चिनाएका थिए । सोनाम पनि यो चलचित्रबाट निकै नै उत्साहित थिए ।

तर, विविध कारणले गर्दा चलचित्रको रिलिज हुन सकेन। यो चलचित्रको रिलिज यो वर्षको तीजलाई निर्धारण गरेपनि अब यो सम्भव नहुने देखिएको छ। यसैले पनि सोनामलाई हेर्ने दर्शकको चाहना तत्काल पूरा नहुने पक्का छ।

अर्कोतिर, यो चलचित्रमार्फत यो क्षेत्रमा गतिलो पाइला राख्ने तयारीमा रहेका सोनामको पर्खाइ पनि लामो हुने देखिएको छ । परिश्रमको फल मीठो हुन्छ त भनिन्छ । तर, सोनामले यो मीठो फलको स्वाद कहिले पाउने हो, टुंगो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?