+
+

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईसीयू सेवा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १ गते ११:४५

१ जेठ, घोराही । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० शय्याको आईसीयु सेवा सुरु भएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुधबार आईसीयू उदघाटन गरे ।

प्रदेशसभा चुनाब जितेर मुख्यमन्त्री भएपछि पहिलोपटक प्रतिष्ठानमा पुगेका मुख्यमन्त्री पोखरेलले प्रतिष्ठानको विकास र हितका लागि सबै सहयोग गर्न तयार रहेको बताए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पर्याप्त बजेट व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सबै दाङबासीले आ–आफ्नो ठाउँबाट प्रतिष्ठानलाई सहयोग गर्नुपर्ने बताए ।

कोरोना भाइरस परीक्षण गर्ने पीसीआर मेशिन प्रतिष्ठानमा भित्राउन सफल भएको भन्दै उनले उपकुलपति प्रा.डा. संगीता भण्डारीलाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?