Comments Add Comment

कट्रिना भन्छिन्–‘अब हामीले खाने शैली फेर्नुपर्छ’

नायिका कट्रिना कैफ  बलिउडमा प्रवेश गरेको एक दशक भन्दा बढी भैसकेको छ । बलिउडमा आफ्नो बलियो उपस्थिती बनाएकी यी सुन्दरी अहिले भने लक डाउनका कारण घरमै छिन् ।

बलिउडका कलाकारले यति लामो समय आराम गर्न पाएको पहिलो पटक हो । नायिका कैफ चाडै नै सामान्य जीवनमा फर्किने आशा व्यक्त गरिरहेकी छिन् । तर, भारतमा लक डाउन कहिले सकिन्छ र मानिसहरु सामान्य जीवनमा फर्किन्छन् भन्ने टुंगो छैन ।

नायिका कैफ भन्छिन्–‘लक डाउनलाई मैले जीवन व्यवस्थापनको रुपमा सदुपयोग गरिरहेको छु । म एक न एक दिन यस्तो समय बिताउन चाहन्थे ।’

कट्रिनाले काममा जाने आफ्नो तालिका भने मिस गरिरहेको बताएकी छिन् । उनी भन्छिन्–‘अब हामीले हाम्रो खाने शैलीलाई परिवर्तन गर्नुपर्छ । शरीरमा प्रतिरक्ष प्रणाली विकासका लागि हामीले काम गर्न आवश्यक छ । यसैले, म आ मानिसहरुसँग आग्रह गर्न चाहन्छु व्यायम र योगा नियमित गर्नुहोस् ।’

कट्रिनाले एक्लोपनको आभाष हुँदा ध्यान गर्ने वा चलचित्र हेर्ने गरेको पनि बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment