२ जेठ, दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिका-६ बाह्रबिसेस्थित साँगेखोलामा डुबेर शुक्रबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका १२ वर्षीय अङ्कित राना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
साथीसँग पौडी खेल्न गएका रानाको खोलामा डुबेर मृत्यु भएको कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
उनको दमौली अस्पताल ल्याउँदै गर्दा बाटामा मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको शव दमौली अस्पतालमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4