+
+

नाका र मुख्य चोकमा खटिने ट्राफिक प्रहरीले लगाउन थाले पीपीई

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २ गते १९:०२

२ जेठ, काठमाडौं । ट्राफिक प्रहरी पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) लगाएर लकडाउनको कार्यान्वयनमा खटिन थालेका छन् । लकडाउनको ५३ औं दिनपछि ट्राफिक प्रहरीले पीपीई लगाउन थालेका हुन् । जनपथ प्रहरीका अन्य अधिकृतले भने अझै पीपीई पाएका छैनन् ।

उपत्यकाको २६ वटा मुख्य चोक तथा नाकामा खटिने ट्राफिक प्रहरीलाई पीपीई दिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए । उनका अनुसार ४६ स्थानमा फेस सिल्ड भाइजर र पञ्जा लगाएर ड्यूटी गर्ने व्यवस्था पनि मिलाइएको छ ।

ढकालले भने, ‘ट्राफिक प्रहरी सडकमा प्रत्यक्ष रुपमा खट्टिनुपर्ने भएकाले माहामारीको रुपमा फैलिरहेको कोरोनो भाइरस संक्रमणबाट बच्नका लागि पूर्व सावधानी अपनाउन पीपीईको व्यवस्था गरेका हौं ।’

पर्याप्त मात्रामा पीपीई नभएकाले अन्य स्थानमा खटिने ट्राफिक प्रहरीलाई कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गरेर चेकजाँच गर्न भनिएको ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?