
५ जेठ, वीरगञ्ज । पर्साबाट प्रहरीले चरेसको धुलो र गाँजा बरामद गरेको छ। पटेर्वासुगौली वडा नम्बर ५ स्थित एक गोठबाट १८ केजी चरेसको धुलो र ५ किलो गाँजा बरामद गरेको हो।
विशेष सुराकीको आधारमा ऐलानी जमिनमा बनाइको दुईतीन वटा गोठमा छापामारी गर्दा एउटा गोठबाट उक्त परिमाणको चरेसको धुलो र गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक दीपक चोरवारले जानकारी दिए ।
गोठमा चरेसको धुलो र गाँजा राख्ने व्यक्तिको खोजी कार्य जारी रहेको उनले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4