+
+

दक्षिण सुडानका उपराष्ट्रपति र रक्षामन्त्रीलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ६ गते ६:२१

६ जेठ, काठमाडौं । दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर र उनकी पत्नी एजेलिना टेनीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उपराष्ट्रपति माशरकी पत्नी एजेलिना देशको रक्षामन्त्री छिन् ।

माशरको उमेर ६० वर्षभन्दा बढी छ । उनमा १३ मेमा कोरोना परीक्षण गरिएको थियो । कोभिड-१९ टास्क फोर्सका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि उपराष्ट्रपति माशरलाई पनि परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

माशरका बडीगार्ड र केही सुरक्षाकर्मीहरूमा पनि कोरोना संक्रमण देखिएको छ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार दक्षिण सुडानमा दुई सय ९० जनामा कोरोना संक्रमण देखिएको छ भने चार जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?