+
+

बाहिरबाट आउनेहरूलाई रोक्न सकिएन : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ६ गते १२:५३

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिरबाट आउनेहरूलाई रोक्न नसक्दा कोरोना भाइरस फैलिएको बताएका छन् ।

विदेशबाट स्वदेश फर्किनेहरुको चाप र प्रभावका कारण कोरोना भाइरस फैलिएको भन्दै उनले लकडाउनको पालना नहुँदा भाइरस फैलिएको जिकिर गरे ।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधि र सीमामा आएर बस्नेहरूका कारण बाहिरबाट आउने क्रम रोक्न नसकिएको बताए ।

यसले गर्दा देश भयावह स्थितितिर गएको र कोरोना कहाँबाट सर्‍यो भन्ने नै पत्ता लगाउन गाह्रो हुने बताए । बाहिरबाट अझै आउन सक्ने सम्भावना रहेकाले वडास्तरमा क्वारेन्टाइन बनाउने काम अघि बढाएको प्रधानमन्त्रीले बताए ।

विश्वमा लकडाउनको पालना गर्ने देशमा कोरोना भाइरस नियन्त्रण भएको र लकडाउन नमान्ने देशहरूमा बढी फैलिएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?