+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पसिना बेच्न सकिन्छ, आमा होइनः वर्षा राउत

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ९ गते १२:४१

सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेसँगै यतिबेला भारतीय मिडियामा यसलाई लिएर चर्को बहस सुरु भएको छ। भारतीय मिडियाले नेपालको बारेमा बहस छेडिरहँदा नायिका मनिषा कोइरालाको एक ट्विटले त हंगामा नै मच्चायो । यसले, नेपाली कलाकारहरूलाई फेरि एक बनाएको छ ।

कलाकारहरूले नायिका कोइराला र नेपाली भूमिको विषयमा आफ्नो भनाइ सार्वजनिक गर्न थालेका छन् । नायिका वर्षा राउतले, पसिना बेचेपनि आमालाई बेच्न नसकिने बताएकी छिन् ।

वर्षाले भनेकी छिन्–‘पसिना बेच्न सकिन्छ, आमा होइन । मनिषा कोइराला दिदीले आफ्नो आमामाथि हस्तक्षेप सहनु भएन। यसैले उहाँले आफ्नो अपमानसँग नडराई मातृभूमिको सम्मानमा उभिनुभयो ।’

वर्षाले मनिषा कोइरालाको स्वाभिमानलाई अझै मजबुत बनाउन सबैले साथ दिन जरुरी रहेको पनि उल्लेख गरेकी छिन् । उनले, आफ्नो मातृभूमि र स्वाभिमानप्रतिको हस्तक्षेप कदापि स्वीकार्य नभएको पनि उल्लेख गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?