+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ऋचा लेख्छिन्–‘भारतीय मिडियाबाट दुई पैसे नौटङ्कीभन्दा बढी आश छैन’

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ९ गते ११:२६

नायिका मनिषा कोइरालाले गरेको एक ट्विटलाई लिएर भारतीय मिडियाले उनलाई तल्लो स्तरको गाली गर्न थालेपछि अहिले नेपालको सामाजिक सञ्जाल तातेको छ ।

नेपाली सामाजिक सञ्जालमा आमदर्शकदेखि कलाकारले उनको समर्थन गर्दै आफ्नो विचार व्यक्त गरिरहेका छन्। यसले देश र कुनै एक कलाकारको विषयमा बोल्नुपर्दा कसरी नेपालीहरू एक हुन्छन् भन्ने उदाहरण पनि प्रस्तुत गरेको छ।

नायिका ऋचा शर्माले आफूले भारतीय मिडियाबाट दुई पैसे नौटङ्कीभन्दा बढी आशा नै नगरेको उल्लेख गरेकी छिन्। ऋचा लेख्छिन्–‘चाहे १९४२ लभ स्टोरी होस् या दिल से वा खामोशी । मनिषा कोइरालाले आफ्नो पौरख र प्रतिभाले नाम कमाएकी हुन्। भारतकै भूमिमा जन्मिएका कैयौं कलाकारहरू समयसँगै बलिउडको चौघेराबाट हराउँदै गए। तर, मनिषा आज पनि बलिउडमा दरिलो उपस्थिति जनाएर बसेकी छिन्। कसैको कृपा र परोपकारले उनी बलिउडमा छाएकी होइनन् ।’

ऋचाले प्रियंका चोपडाले पनि हलिउडमा राम्रो स्थान बनाएको भन्दैमा उनले आफ्नो मातृभूमि भारतलाई बिर्सिइन् भन्न नमिल्ने उल्लेख गरेकी छिन् । ऋचाले लेखेकी छिन्-‘म चाहे बीसौं वर्ष कुनै संस्थामा काम गरुँ, त्यसका हाकिम मेरा लागि सधैं हाकिम नै हुन्, माता वा पिता होइनन् ।’

ऋचाले समाजलाई भड्काउने विषय बेच्नमा भारतीय मिडिया धेरै अगाडि रहेको पनि उल्लेख गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?